बैशाख २३, २०८१ आईतबार

सहकारीबीच एकताको सन्देश दिऔं

सम्पादकीय
झापाका सहकारीकर्मीहरु आज बिर्तामोडमा शक्ति प्रदर्शनको तयारीमा छन्। शक्ति प्रदर्शन गरेर सहकारी विरुद्ध गतिविधि गर्नेहरुलाई सचेत गराउन खोजिएको छ । पछिल्लो समय विभिन्न स्वार्थ समूहको उक्साहटमा सदस्यहरु नै सहकारी विरोधी अभियानमा जोडिएपछि संस्थामा जोखिम बढेको छ । तथापि, सहकारीहरु आफ्नो दायित्वबाट भाग्न मिल्दैन । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा झापाबाट राष्ट्रिय सन्देश दिने सहकारीकर्मीको योजना सकारात्मक छ । सहकारीमाथि भइरहेको ज्यादती विरुद्ध आम नागरिकले पनि सचेत गराउनुपर्छ । त्यसका लागि शक्ति प्रदर्शनमा नागरिक सहभागिताको पनि खाँचो छ ।

कोरोना महामारी र आर्थिक मन्दीको समस्याका कारण वित्तीय क्षेत्र सहज ढड्डबाट सेवा प्रवाह गर्न सकिरहेको छैन । असहज परिस्थितीको सामना गरिरहेको सहकारी क्षेत्रमा बढिरहेको असुरक्षाप्रति राज्य जिम्मेवार हुनुपर्छ । राज्य प्रशासन नै सहकारीप्रति सकारात्मक हुन सकेन भने अराजकता बढेर सदस्यहरुको ठुलो बजेट थप जोखिममा पर्ने निश्चित छ । त्यसैले आजको सहकारी दिवसले अराजकताका विरुद्ध एकताको सन्देश दिन अपरिहार्य छ । सहकारी क्षेत्रमा एकता हुने हो भने जस्तो सुकै समस्याहरु सामना भएर जाने छन् ।

झापा जिल्ला सहकारीका निमित्त उर्वरभूमि हो । यहाँका ७५६ सहकारीमा जिल्लाको जनसंख्याभन्दा सदस्यको संख्या धेरै छ । १० लाख सदस्यहरु झापाको सहकारीमा आवद्ध भएको तथ्याङक छ । जिल्लामा सदस्यहरुको ठुलो कारोवार सहकारीमा भइरहेको छ । बचत र कर्जाको अनुपात पनि असामान्य छ । यसैले सहकारीमा कुनै पनि हालतमा जोखिम हुन दिन हुदैन । यसैले सहकारीले सदस्यहरुको रकम सुरक्षाका लागि विशेष सतर्कता अपनाउनुपर्छ । अर्कातिर, सदस्यहको बचतलाई सञ्चालकहरुले मनोमानी ढंगबाट खर्च गर्ने प्रवृत्ति जो हुर्कदै गइरहेको छ । त्यसको पनि नियमन आवश्यक छ । सहकारी सदस्यहरुका कारण भन्दा पनि सञ्चालकहरुका कारणले बढी जोखिममा छन् । यस तर्फ सहकारी अगुवा सचेत हुन आवश्यक छ ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]