बैशाख २१, २०८१ शुक्रबार

झापा एमाले : सचिवका दुवै उम्मेदवारको उम्मेदवारी फिर्ता, बिहीवार सथप गराउने

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनका लागि सचिवमा मनोनयन दर्ता गरेका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । सचिवमा उम्मेदवारी दर्ता गरेका तुलसी कार्की र बोधप्रसाद घिमिरेले अध्यक्ष मण्डलका अध्यक्ष विशाल भट्टराईलाई आज साँझ उम्मेदवारी फिर्ता लिएको पत्र बुझाएका हुन् ।

आवश्यक संख्याभन्दा धेरै उम्मेदवारी परेको पदमा उम्मेदवारी फिर्ता गराउने र त्यसमध्ये एक जनालाई कायम गर्ने रणनीति अनुसार अधिवेशनमा फिर्ता लिने अभ्यास भइरहेको छ । सोही अभ्यास अनुसार अध्यक्ष मण्डलले सचिव पदमा उम्मेदवारी दिनेहरुको पनि फिर्ता लिएको छ । दुईमध्ये एक जनालाई कायम गर्ने बुझिएको छ । सचिवमा तुलसी कार्कीलाई कायम गर्न सक्ने संभावना धेरै रहेको सूचना प्राप्त भएको छ ।

सचिवको उम्मेदवारीमा सहमति नभएकै कारण अधिवेशन लम्बिदै गएको हो । अब, अध्यक्ष मण्डलले कायम गर्ने र फिर्ता गर्ने अधिकार बमोजिम काम गर्नेछ । बुधबारसम्ममा सचिव पदसहित अन्य पदहरुमा सर्वसम्मत गरेर २२ गते कमिटी घोषणा र सपथ गर्ने तयारी गरिएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष विशाल भट्टराईले सबै पदमा सर्वसम्मत गरेर नै कमिटी घोषणा हुने जानकारी दिए । उनले भूगोलबाट आउने सदस्यहरु आन्तरिक प्रतिष्पर्धाबाट चयन भइसकेको बताएका छन् । उनका अनुसार जिल्लाको खुल्ला सदस्य र क्लष्टरहरुको पनि सर्वसम्मतिबाटै नेतृत्व चयन हुनेछ ।

जिल्लामा खुल्ला सदस्य हलबाट ८ जना, खुल्ला महिला ४, खुल्ला युवा ३, दलित ५ र आदिवासी जनजातिबाट ५ सदस्य चयन गर्न बाँकी छ । उक्त पदहरुमा अत्याधिक उम्मेदवारी दर्ता भए पनि अध्यक्ष मण्डलले तयार गरेको कार्यदललाई सर्वसम्मत गर्न जिम्मेदवारी दिएको छ । कार्यदलमा रविन कोइराला, रोमनाथ ओली, दिपक कार्की, हरि राजवंशी, मेनुका काफ्ले रहेका छन् ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]