जेष्ठ ९, २०८२ बिहीबार

पाँच जनालाई ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

बिर्तामोड । गोर्खा फाउण्डेशन बिर्तामोडले ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरेको छ । झापाका महेन्द्र कुमार गिरी सहित पाँच जनालाई बुधबार सम्मान प्रदान गरिएको हो ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विसे नगर्चीको योगदानलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापना गरेको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरीसहित पाँच जनालाई प्रदान गरिएको हो ।

सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, काठमाडौंकी पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार र भूवनसिंह विश्वकर्मा रहेका छन् । विश्वकर्मा अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली नागरिक हुन् ।

नगद ५१ हजार पुरस्कार राशिसहित उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेतले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । गोर्खा फाउण्डेशनका अध्यक्ष वीरवहादुर दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका महासचिव रञ्जित परियारले स्वागत गरेका थिए ।

प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]