जेष्ठ ९, २०८२ बिहीबार

राम्रो सोचले सहारा सफल भएको हो : प्रकाशमान सिंह

बिर्तामोड । पूर्व उपप्रधानमन्त्री एवम् सांसद प्रकाशमान सिंहले सहारा नेपालको काम देखेर आफु प्रभावित भएको बताएका छन् । सहकारी क्षेत्रमा सहाराले आफुलाई नं. १ मा स्थापित गर्न सफल भएको बताउँदै उनले संस्थाप्रति डबल कन्भिन्स भएको बताए ।

सहारा नेपाल साकोसको २९ औं स्थापना दिवसको अवसरमा बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सहाराको रचनात्मक कार्यक्रमबाट प्रभावित भएको बताएका हुन् । उनले भने, संसददेखी सडकसम्म सहकारीको विषय उठिरहेको छ । जतागयो त्यतै सहकारीकै कुरा छ । तर, झापामा सहाराले गरिरहेको कामले आम नागरिक खुशी भएको पाँए । राम्रो सोचले स्थापित संस्थाहरु यसैगरी सफल हुने नेता सिंहको भनाई छ । सहाराले औषधि उपचार, शिक्षा, आवास निर्माणसँगै आर्थिक उन्नतिका लागि सहाराले गरेको काम उत्कृष्ट भएको सुनाए । देशभर सहकारीमा रहेको सदस्यहरुको बचत रकम अपचलन गर्न स्वार्थ समूहहरु षडयन्त्रमूलक ढंगबाट लागेको भन्दै त्यस तर्फ सचेत रहन आग्रह गरेका छन् ।

निम्तो पाउँदा जाने कि नजाने भन्ने लागेको थियो, उनले भने – तर, सहारा गज्जवको संस्था रहेछ ।
संस्था स्थापनाको अवसरमा सहाराले विधि कार्यक्रमको आयोजना गरेको छ । बुधवार जीवन बदल्ने कार्यक्रममा डा.योगी विकाशानन्दले प्रवचनसहित जीवन जिउने कलाका बारेमा सहजीकरण गरेका थिए । सहाराले ऐतिहासिक फोटो प्रदर्शनी, २२–२३ युवाहरुका लागि सुपर लर्निङ र २४ गते तनाव व्यवस्थापन र स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ ।

पहिलो दिन डा. योगीले सहभागीहरुलाई जीवन जिउने कलाका बारेमा अभ्याससहित सहजीकरण गरेका थिए । उनले सहारा सहकारीहरुकै अध्ययन केन्द्र रहेको बताएका छन् । सहाराको बारेमा थप अध्ययन र खोज गरेर सहकारी क्षेत्र सफल बनाउन सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

सहकारीहरुको विश्व विद्यालय भएको बताउदै उनले सहाराले गर्ने कार्य, तौरतरिका तथा ब्यवस्थापन सवै सहकारीले सिक्नुपर्ने बताएका छन् ।

कार्यक्रममा संस्थाले गरेका कामहरुको बारेमा कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले विवरण प्रस्तुत गरेका थिए । २९ औं वर्ष प्रवेश गरेको सहारामा १ लाख ६९ हजार १ सय ९२ जना सदस्य रहेका छन् । सहाराले ८१ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको गिरीले जानकारी दिए । उनका अनुसार १ अर्व ६८ करोड ११ लाख ५६ हजार ७ सय शेयर पुँजी रहेको सहाराको जगेडा कोष १ अर्व २४ करोड २ लाख १७ हजार ४ सय ३० रुपैयाँ पुगेको छ ।

१० अर्व ८१ करोड ६८ लाख ९४ हजार ९ सय १२ रुपैयाँ ऋण लगानी गरेको सहारा सकोसको बाह्य ऋण शून्य रहेको छ । संस्थामा १२ अर्व १२ करोड रुपैया ँबचत रहेको बताए । १६ अर्व ६ करोड ४३ लाख बासलात रहेको सहारा सामाजिक क्षेत्रमा सहकारीहरुमध्येकै क्रियाशिल संस्थाको रुपमा परिचित छ । उनले गरिवी निवारण र उद्यमशिलतासँगै रोजगार सिर्जनामा काम गर्दै आएको बताए । गिरीले सहकारीले चाहेमा समुदाय र सदस्यहरुको कायापलट गर्न सक्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले सहाराको स्थापना अत्यन्तै दुखबाट सुरु भएको बताएका थिए । उनले संस्थाको स्थापनामा गरिएको दुखले नै आज संमृद्धिको बाटो हासिल गरेको बताए । कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाल, माओवादी नेता झलकसिंह दर्लामी, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]