बैशाख २१, २०८१ शुक्रबार

इलाममा खड्कालाई उमेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ ९क० मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।

पदाधिकारी र कार्यसम्पादन समितिको बैठक बसेर बोर्डको निर्णयलाई अनुमोदन गर्ने कांग्रेसका ती नेताले बताए । यसअघि संस्थापन र इतरसमूह टिकटका विषयमा लामो छलफलमा जुटेका थिए । इतर समूहले भेषराज आचार्यलाई टिकट दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार  ३ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]