बैशाख २०, २०८१ बिहीबार

एमाले झापाको नयाँ नेतृत्वद्वारा सपथग्रहण

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले सपथग्रहण गरेको छ ।

जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आज आयोजित कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु र लेखासमितिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् । उनीहरुलाई निर्वाचन अधिृकत टंक दंगालले सपथ गराएका छन् ।

निर्वाचन अधिृकत टंक दंगालले पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेम बहादुर गिरीसहित सबै पदमा निर्विरोध निर्वाचित १४९ सदस्यीय कमिटीको घोषणा घोषणा गरेका थिए ।

उपाध्यक्षमा शिव ढुङगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी र अनिता कन्दङवा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

पाँच पदाधिकारी , १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसंख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् । १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने छ ।

घोषणा तथा सपथ ग्रहण कार्यक्रममा नेताहरु हिक्मत कार्की, बिशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया जगमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जलवर्षा राजवंशी लगायतले मन्तव्य राखेका थिए । अधिकांश नेताहरुले झापाले सर्वसम्मत गरेर देशव्यापी सकारात्मक सन्देश दिएको बताएका थिए । झापामा सर्वसम्मत गरेर एकताको सन्देश दिएको नेताहरुको भनाई थियो ।

नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिवद्धता मन्तव्य राख्दै जनताको आँत हास्ने गरी काम गर्न जिल्ला कमिटी जिम्मेवारपूर्वक लाग्ने बताए ।

जिल्ला अधिवेशन चैत १५ गतेबाट सुरु भएको थियो । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एव्म पूर्व प्रधानमन्त्रीले गरेका थिए ।

प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]