बैशाख २५, २०८१ मंगलबार

सहकारीकर्मीहरुलाई पुनः ताजगी तालिम

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नगरमा सञ्चालित सहकारीका कर्मचारीहरुलाई सहकारी सञ्चालन एवम व्यवस्थापन सम्बन्धी पुनः ताजगी तालिम सञ्चालन गरिएको छ । नगरपालिकाको सभाहलमा बुधबार ३ दिवसीय तालिमका उद्घाटन गरिएको हो ।

तालिमको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै अधिकृत राईले सरकारले सहकारी संस्थाहरुका लागि स्पष्ट कानुन नबनाएका कारण पनि सहकारी सञ्चालनमा केही अप्ठ्यारो परेको बताए । पछिल्लो समय सहकारीहरुमा धेरै समस्याहरु देखिएको त्यो समस्याबाट भागेर हाइन त्यसलाई सुधार गर्दै लैजानुको विकल्प नरहेको उनको भनाई थियो ।

त्यस्तै नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले सरकारले भन्दा सहकारीले बढी रोजगारीको सृजना गरेको बताए । तर कतिपय सहकारीहरुमा धेरै समस्या परेको गुनासोहरु नगरमा आएका छन् । सहकारी नाफामुखी नभई सेवा मुखी हुनु पर्ने उनको जोड थियो ।

सहकारीहरुले वार्षिक योनजा कसरी बनाउने भन्ने विषयको अन्तरक्रिया तथा तालिमको माग भए अनुसार ३ दिवसीय तालिमको आयोजना गरिएको सहकारी प्रमुख बद्री दाहालले जानकारी दिए । तालिमले आगामी वर्षका लागि वार्षिक योजना तथा नीति निर्माणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाई थियो ।

तालिममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलको सहजीकरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । तालिममा शिवसताक्षीका रहेका सहकारीहरुबाट ४० जना कर्मचारी तथा सदस्यहरुले सहभागीता जनाएका छन् ।

तालिममा नुवाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी व्यवस्थापक र कर्मचारीको भूमिकाबारे प्रस्तुति दिएका थिए । श्रेष्ठले व्यवस्थापक, कर्मचारी र लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा सहकारीमा समस्या नहुने बताए ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]