बैशाख २५, २०८१ मंगलबार

शिवसताक्षीमा चार सयको निशुल्क आँखा जाँच

शिवसताक्षी । झापाको शिवसताक्षी –४ जनतास्थित वडा कार्यालयमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा शिवसताक्षीको वित्तीय सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा शिवसताक्षीका दक्षिणी क्षेत्रका ४१५ जनाले सेवा लिएका छन् । जसमा मोतिया विन्दु भएका १६ जनालाई निशुल्क अपरेशनका लागि मेची आँखा अस्पताल लगिने जना रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

शिवसताक्षीका दक्षिणी क्षेत्र वडा नं. ४, ५, ६ का नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक प्रकाश पोख्रेलले जनाकारी दिए । मेची आँखा अस्पतालको प्रविधिक सहयोग रहेको शिविरमा निशुल्क औषधि तथा १४७ जनलाई चस्मा वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अमृत बहादुर राईले शिविरबाट भरपुर सेवा लिन नागरिकलाई आग्रह गरे । शिवसताक्षी दक्षिण क्षेत्रमा बढी जस्तो आदिबासी समुदायहरु बसोबास गर्ने भएकाले शिविर दक्षिणी क्षेत्रमा आयोजना गरिएको उनले बताए ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले आदिबासी समुदायका नागरिकहरु आँखा नदेख्ने अवस्थामा पुगेपछि मात्र उपचारका लागि जाने गरेको बताए । स्थानीय स्तरमै शिविरको आयोजना गर्दा त्यसको प्रभावकारीता बढी हुने उनको भनाई थियो । शिविरमा शिवसताक्षी नगरपालिकाका लेखा प्रमुख प्रकाश योङहाङ्ग, कार्यपालिका सदस्य यसोदा विमली लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]