जेष्ठ ५, २०८१ शनिबार

‘ढाका घरमै बुन्न सक्छौं, बजारको अभाव छैन’

बिर्तामोड – बिर्तामोड नगरपालिकाले विभिन्न तालिमहरु जस्तै, ढाका बुन्ने तालिम पनि सञ्चालन गरिरहेको छ । बिर्तामोड ५ मा ७ जना युवतीहरुलाई ढाका बुन्ने तालिम दिइरहेको छ । ढाका बुन्ने तालिमको प्रशिक्षकको रुपमा सरिता लिम्बूले सहजिकरण गरिरहनु भएको छ । बिर्तामोडमा १३ वर्षदेखी ढाका व्यवसाय गरिरहनु भएको उहाँले वर्षौदेखी यस किसिमको तालिम चलाइरहनु भएको छ । महिलाहरुको लागि अति नै सहज व्यवसाय मानिने ढाकाको माग पनि उत्तिकै बढ्दो छ ।

नगरपालिकाको सहयोगमा तालिम लिइरहेका प्रशिक्षार्थीले काम गर्न सक्षम भएपछि उहाँहरुको उत्पादन किनिदिने लिम्बुको भनाई छ । घरमै बसेर गर्न सकिने काम छोरीहरुको लागि अति नै उपयोगी हुनेछ । आफुले तालिम दिएकाहरुले उत्पादन गरेका ढाका आफै खरिद गरिरहेको छु, उहाँले भन्नुभयो – ‘झापाको दमक, खुदुनाबारी, बिर्तामोडसहित विभिन्न ठाउँमा यहाँबाट सिकेर जानु भएकाहरुले उत्पादन गरिरहनु भएको छ । उत्पादन गरेको सबै ढाका आफै खरिद गरिदिन्छु ।’ बिर्तामोड नगरपालिकाले दिएको तालिमबाट उत्पादन हुने दक्ष जनशक्तिको ढाका पनि आफै खरिद गरिदिने उहाँको भनाई छ ।

ढाकाको साडी, कुर्ता, सल, हाफ सल, चौवन्दीसहित अनेकौ पहिरन उत्पादन गर्न सकिन्छ । यहाँको उत्पादन नेपालको विभिन्न जिल्ला , पहाडी क्षेत्र र भारतबाट समेत माग हुने गरेको छ । नगरपालिकाले ढाकाको सीप सिकाउनु भनेको गरिखान सिकाउनु हो । सीप सिकेपछि स्वरोजगार बन्ने दायित्व उहाँहरुको पनि हो, सहजकर्ता तामाङको भनाई छ । बिर्तामोड सेरोफेरोबाट 

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]