बैशाख २०, २०८१ बिहीबार

इलाम २ – साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता

इलाम, २४ चैत : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ ।

सुहाङसहित हालसम्म सातजनाले मनानयन दर्ता गराइसकेका छन् । बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुग्नुभएका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहनुभएको छ । सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराउनुभएको थियो । यस्तै, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गर्नुभएको छ । डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनुभएको छ ।

पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराउनुभएको छ । एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराउनुभएको छ । रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार  ३ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]