बैशाख २०, २०८१ बिहीबार

पूर्वेलीलाई नविन राई स्मृति भेट्रान कपको उपाधि

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै पूर्वेलीले उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै पूर्वेलीले नगद ७१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको आयोजक झिलझिले भेट्रा क्लबले नगद ४१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबो, भेट्रान कपका अध्यक्ष दिलबहादुर राई लगायतले ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

खेलको म्यान अफ दी म्याच र उत्कृष्ट फरवार्ड पुर्वेलीका खेलाडी विशाल राई घोषित घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकिप्पर पुर्वेलीका किरन बरुवा, उत्कृष्ट डिफेन्डर आयोजकका सन्तोष बस्नेत, उत्कृष्ट मिटफिल्डर र सर्वोकृष्ट खेलाडी आयोजकका अंकुर खड्की, सर्वाधिक गोलकर्ता पुर्र्वेलीका विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले नगद सहित ट्रफी प्राप्त गरे ।
आयोजक झिलझिले भेट्रान क्लबले प्रतियोगिताको समापनमा खेल सम्पन्न गर्न सहयोग गर्ने खेल प्रेमी दाताहरुलाई सम्मान गरेको थियो ।

त्यस्तै, पत्रकार र शिक्षकबीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टोली विजयी भएको छ । ट्राइबेकरमा शिक्षकलाई ४– ३ गोल अन्तरले हराउँदै पत्रकार विजयी भएको हो । प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा चत्रै १५ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेश नं. १ का १० टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]