असार १४, २०८२ शनिबार

टी–२० विश्वकप खेल्ने जर्सी सार्बजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी– २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ ।

नेपालले दोस्रो पटक टी– २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।

आउदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]