बैशाख २१, २०८१ शुक्रबार

काठमाडौँमा आज राप्रपाले प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।

संवैधानिक राजतन्त्रको पुनः स्थापना तथा सङ्घीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्न लागेको हो । मध्यान्ह साढे ११ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपछि प्रदर्शन सुरु हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भृकुटीमण्डपमा जम्मा भएर काठमाडौँका विभिन्न स्थानको परिक्रमा गर्ने र जनसभा गर्ने कार्यक्रम रहेको छ । आजको विरोधमा देशभरिबाट ५० हजारभन्दा बढी मानिसहरू सडकमा उत्रिने राप्रपाले जनाएको छ ।

विभिन्न ४० बुँदे मागपत्र राखेको राप्रपाले जिल्लास्तरदेखि निरन्तर विरोधका कार्यक्रम गर्दै पार्टीको केन्द्रीयस्तरको विरोध कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]