बैशाख १८, २०८१ मंगलबार

युवा उद्यमी मञ्च झापाद्वारा राहत सामग्री वितरण

बिर्तामोड । झापाको अर्जुनधारा–११ स्थित बसपार्कछेउमा भएको आगलागीबाट घरबारविहीन भएका दुई परिवारलाई नेपाली युवा उद्यमी मञ्च झापाले राहत सामग्री उपलब्ध गराएको छ ।

बसपार्कछेउको सुकुम्बासीबस्तीमा आगलागी हुँदा कालु महोम्मद र बद्री दर्जीको काठले बनेको २ वटा घर जलेर नस्ट भएका थिए । मञ्चको झापा च्याप्टर अध्यक्ष प्रवेश बस्नेतको अगुवाईमा सोमवार पीडित परिवारलाई खाद्यान्न लगायत राहत समग्री हस्तान्तरण गरिएको हो ।

मञ्चले खाना पकाउने भाँडा, कपडा, रासनका सामग्री प्रदान गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । राहत विरतणमा मञ्चका सदस्यहरु विशाल बिमली, मनोज चौधरी, मनिष साहेवाला, अजित ढुंगाना, गणेश पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]