बैशाख १७, २०८१ सोमबार

धुलावारीबाट नियन्त्रणमा लिइएको अर्ना वियरसहितको पेय पदार्थ इटहरी पठाइयो

बिर्तामोड । झापाको मेचीनगर– १० नन्दा पेट्रोल पम्प नजिकैबाट नियन्त्रणमा लिइएको अर्ना वियरसहितको पेय पदार्थ आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

झापा प्रहरीका अनुसार आज विहान प्रदेश १–०१–००१ क १२५२ नम्बरको गाडीसहित उक्त सामग्रीहरु प्रहरी जवान ईश्वर खड्काको जिम्मा लगाई राजस्व कार्यालय ईटहरी बुझाउन पठाईएको हो ।

इलाका प्रहरी कार्यालय धुलावारीले गत चैत २३ गते सवारी चेकजाँचका क्रममा बिल नभएको अर्ना वियर बरामत गरेको थियो । १० कार्टुन अर्ना वियरसहित, सेभेन साईन बियर ७ कार्टुन , स्लिम क्यान एनर्जि ड्रिङ्स र सिसाको ग्लास १३ पिस बरामत गरी प्रहरीले धुलावारी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको थियो ।

बरामत सामग्रीको अन्दाजी मुल्य ७० हजार ८ सय रहेको बुझिएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]