बैशाख २०, २०८१ बिहीबार

गणतन्त्रमाथि खतरा छैन : मन्त्री शर्मा

बिर्तामोड । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले गणतन्त्रमाथि कुनै पनि खतरा नभएको बताएकी छन् । उनले गणतन्त्रभन्दा कुनै उन्नत व्यवस्था समेत नभएको स्पष्ट पारेकी छन् ।

प्रेस सेन्टर झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजतन्त्रको पक्षमा २/४ वटा भेला हुदैमा गणतन्त्र खतरामा नपर्ने उनको धारणा थियो । मन्त्री शर्माले भन्नि, गणतन्त्रमा नागरिकले चाहेजस्तो अवस्था बदल्न नसकिएको साँचो हो, तर व्यवस्था नै बदल्ने कुरा संभव छैन । उनले व्यवस्थासँगै अवस्था बदलिनुपर्नेमा त्यस्तो हुन नसकेको बताइन् । नागरिकको जीवनमा परिवर्तन ल्याउन गणतन्त्र पक्षधरहरु सचेत भएको उनको भनाई थियो ।

उनले अर्को प्रसंगमा भनिन्, सञ्चार क्षेत्रमा धेरै परिवर्तन भइसकेकाले त्यसलाई पुराना ऐन कानूनले नसमेट्ने बताइन् । त्यसैले सञ्चार क्षेत्रको संरक्षण र नियमनका लागि सञ्चार क्षेत्रको पूर्ण पुन:संरचना गर्न लागिएको उनको भनाई छ ।

सञ्चार क्षेत्रको विकास र नियमनका लागि मिडिया पोलिसि काउन्सिल ऐन पुन: निर्माणको तयारी भइरहेको बताउँदै समाजिक सञ्जाल निर्देशिका जारी गर्नुका साथै साइबर अपराध नियन्त्रणका लागि काम भइरहेको बताइन् । प्रविधि धेरै अघि बढिसकेको बताउँदै त्यसलाई नियमन गर्ने कानून नभएको उनको भनाइ छ । साइबर सुरक्षा पोलिसी २०८० निर्माण गरिसकेको बताउँदै उनले साइबर सुरक्षा केन्द्र स्थापना गरेर उ¢ाटन हुने क्रममा रहेको उल्लेख गरिन् । आम सञ्चार ऐन अर्थमन्त्रालयको सहमति लिएर कानून मन्त्रालयमा पुर्याइएको बताउँदै उनले भनिन्, “सञ्चार क्षेत्रमा नयाँ युवा, नयाँ प्रविधिको विकास भइरहेको छ, त्यसलाई समेट्न नयाँ कानून बनाउँदै छौं ।”

सरकार बजेट निर्माणको पूर्व सन्ध्यामा भएको बताउँदै उहाँले जनमुखी, उत्पादन र रोजगारीसँग प्रत्यक्ष सरोकार राख्ने र आमनागरिकको जीवनस्तर उकास्ने खालको बजेट निर्माणमा सरकार लागिपरेको उल्लेख गरेकी छन् ।

“राष्टिर््रर््रय योजना पूरा गर्ने गरी र बजेटको बढी सदुपयोग हुने खालको बजेट निर्माणमा सरकार जुटेको छ”, उनले भनिन्, “अहिलेको आर्थिक संकटलाई लक्षित गरेर जनमुखी बजेट निर्माण हुँदैछ ।”

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।

प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]