बैशाख २२, २०८१ शनिबार

सुडी समाज बिर्तामोडको अध्यक्षमा खगेन्द्र महतो चयन

बिर्तामोड । सुडी समाज बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी खगेन्द्र महतो सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा हालै सम्पन्न एक भेलाले अध्यक्षमा महतोलाई सर्वसम्मत चयन गरेको हो ।

सुडी समाज बिर्तामोडको उपाध्यक्षमा प्रमिला कुमारी शाह सुडी, महासचिवमा प्रकाश महतो, सचिवमा शिवम् महासेठ र कोषाध्यक्षमा ममता कुमारी शाह चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा प्रकाश पुर्वे, श्याम शाह, राजकुमार पंजियार, सुजित शाह, बिजय शाह सुडी, दिपचन्द्र शाह, संगिता प्रधान सुडी र महेश शाह रहेका छन् ।

सुडी समुदायबीच एकता कायम गर्न जिल्लाभर पालिकास्तरीय समिति गठन भइरहेको छ । सबै पालिकामा संगठित भएपछि जिल्ला समिति बनाउने बुझिएको छ ।

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  १२ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]