बैशाख २१, २०८१ शुक्रबार

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

बनियानी (झापा), ११ वैशाखः जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिनुभयो ।

यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।

प्रकाशित मिति : बैशाख ११, २०८१ मंगलबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]