चैत्र १६, २०८० शुक्रबार

दमकले जित्यो भलिवलको उपाधि

शरणामती । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ ।

????????????????????????????????????

शनिवार भएको फाईनल खेलमा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो । दमकले अध्यक्षकपको उपाधिसगै नगद १ लाख १ हजार ११ रुपैँया हात पारेको छ । दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११ रुपैँया शिल्ड र ट्रफि हात पारेको छ । प्रतियोगितामा तेस्रो बनेको संखुवासभाको सभापोखरी गाउँपालिकाले नगद २१ हजार १ सय ११ रुपैँया पाउदा चौथो भएको आयोजक झापा गाउँपालिकाले १० हजार १११ रुपैँया पाएको थियो । बिजयी हुने सबै टिम तथा खेलाडीलाई झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह, उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी, वडानम्बर ६ का वडाध्यक्ष हरिबहादुर बानिया, ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली सचिव प्रेम प्रसाई लगायातले नगद तथा पुरस्कार प्रदान गर्नुभयो ।

फाइनल खेलमा दमकले बिर्तामोडलाई १२-२५,१२-२५ र २२-२५ ले हराउदै उपाधि हात पारेको हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी दमकका प्रकाश लिम्बु हुनुभयो उहाँले नगद १० हजार रुपैँया पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट लिफ्टर दमकका मुस्कान लिम्बु, उत्कृष्ट सरभर टेम्के मयुंङ भोजपुरका सरोज राई , सवोकृष्ट डिफेन्स आयोजक झापा गाउँपालिकाका गणेश कटुवाल, ब्लकर रोहित शिवाकोटी झापा गाउँपालिका, उदयमान खेलाडी बिर्तामोडका विज्ञान डाँगी र बेष्ट स्पाइकर सभापोखरी संखुवासभाका प्रदिप कट्टेल हुनुभयो । उहाँहरुले नगद ५ हजारका दरले पुरस्कार पाउनुभयो ।

फाईनल खेलअघि झापा गाउँपालिका र कमल गाउँपालिकाको महिला टिमविच मैत्रीपुर्ण भलिवल खेल भएको थियो । जसमा कमल गाउँपालिका बिजयी भएको थियो ।
सोहि कार्यक्रमका विच स्थानीय शरणामतीको खेल मैदानमा भलिबल खेलेर राष्ट्रीय प्रतियोगिता सम्म खेल्न सफल दुई जना खेलाडीहरु राजेन्द्र श्रेष्ठ र मदनकुमार बस्नेतलाई सम्मान समेत गरिएको थियो । जनतामाविको खेल मैदानमा पुस १४ गतेदेखि १९ गतेसम्म भएको प्रतियोगितामा झापा सहित प्रदेश नम्बर एकका २२ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष २०, २०७६ आईतबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]