बैशाख २३, २०८१ आईतबार

चुनावी सभालाई सम्बोधन गर्न चुलाचुली जाँदै ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली जाँदै हुनुहुन्छ । अध्यक्ष ओली अहिले बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुली तर्फ जाने कायृक्रम तय भएको छ ।

बैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको छ । चुनाव प्रचारका लागि आज अन्तिम दिन भएकोले आजको आमसभाको विशेष अर्थ रहने इलामेलीहरु बताउछन् । अध्यक्ष ओलीले वैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो ।

गत भदौको २६ गते यस क्षेत्रबाट निर्वाचित साँसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेका तर्फबाट सुहाङ नेम्वाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज दमक स्थित आफ्नो निवासमा बस्नुहुनेछ । आज साँझका बसै भेटघाट इलामका नेता तथा कार्यकर्ता केन्द्रीत गरिने भएको छ । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण शक्ति यस निर्वाचनमा केन्द्रीत गर्न नेता कार्यकर्तालाई पटक–पटक निर्देशन दिनुभएको छ । अध्यक्ष ओली भोली विहान भद्रपुर विमानस्थलबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]