बैशाख २४, २०८१ सोमबार

झिलझिलेमा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

झिलझिले – पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्।

मृत्यु हुनेहरूमा कमल ४ बस्ने वर्ष २५ को मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनाको उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]