बैशाख २२, २०८१ शनिबार

उर्लाबारीमा ‘ए लेवल’ कोर्ष सञ्चालनको तयारी

विराटनगर । १२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ ।

काठमाडौं गएर पढ्नु पर्ने उक्त कोर्ष अब कोशी प्रदेशको उर्लाबारीमा संचालन हुने भएको छ । उर्लाबारी–६ स्थित सिमाना बस्तीमा रहेको उर्लाबारी वल्र्ड एकेडेमीले आगामी शैक्षिक सत्रबाट क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल संचालन गर्न लागेको हो ।

उत्कृष्ट अन्तराष्ट्रियस्तरको भौतिक पूर्वाधार, अत्याधुनिक ल्याब र अन्तराष्ट्रिय शिक्षण विधिको अनुभव प्राप्त शैक्षिक समुहको संलग्नतामा कलेज संचालन हुन लागेको हो ।

ए–लेभल कक्षा सञ्चालन गर्ने प्राविधिक साधन, प्रयोगशाला, पुस्तकालय, सभाकक्ष इत्यादिको सदुपयोग गरी सिर्जनात्मक सोचाई तथा अन्य सीप वृद्धिको उदेश्यसहित इडुटेक ग्रुप नेपालले उक्त कलेज संचालन गर्न लागेको जनाएको छ ।

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट पठनपाठन हुने र नेपालको अध्ययनपछि विश्वका अन्य ठाउँमा जाँदा सहजै अध्ययन गर्न पाइने हुँदा विद्यार्थीहरु ए लेभलप्रति आकर्षित छन् । क्याम्ब्रिज युनिभर्सिटीले हरेक २÷२ वर्षमा कोर्षको अद्यावधिक गर्ने गर्छ ।

त्यसरी अद्यावधिक भएको कोर्षलाई कसरी पढाउने भन्ने विषयमा पनि ब्रिटिस काउन्सिलले समन्वय गरेर तालिम दिने काम गर्छ । त्यही तालिम लिएका शिक्षकहरुले नै स्कुल तथा कलेजमा पढाउने कलेजले जनाएको छ । कलेजले भर्ना हुने विद्यार्थीहरुलाई विभिन्न वर्कसप, अन्तराष्ट्रिय भ्रमणको अवसर, तालिम लगायतका अवसरहरु दिएर अन्तरास्ट्रिय स्तरका विद्यार्थीसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउने लक्ष्य लिएको छ ।

कलेजमा साइन्स, नन साइन्सका कोर्ष गर्न सकिने र उक्त कोर्षमा ३ देखि ५ लाख शुल्कमा सबै कोर्ष सकिने पनि कलेजले जनाएको छ । एसईई दिएका विद्यार्थीहरुले उक्त कोर्षमा भर्ना हुन पाउनुका साथै कलेजले छात्रवृत्तिको समेत व्यवस्था गरेको दाबी गरेको छ ।

परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको कलेजका अध्यक्ष डा.ऋषिकेश वाग्लेले जानकारी दिए ।

एडुटेक नेपाल ग्रुप , क्रितिका एजुकेशन फाउन्डेशनको सहकार्यमा उक्त कलेज सञ्चलनमा आउन लागेको हो । काठमाडौं विश्वविद्यालय र उर्लाबारी वल्र्ड एकेडेमीबिच विश्वविद्यालयको ल्याब स्कुलको रुपमा उर्लाबारी वल्र्ड एकेडेमी सञ्चालन गर्ने सम्झौता भएको छ ।

यो सम्झौता पछि काठमाडौं विश्वविद्यालयले यस विद्यालयमा विभिन्न शिक्षण तालिम, विद्यार्थीको क्षमता विकासको लागि विभिन्न परियोजना साथै काठमाडौं विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु समेत प्रदान गर्नेछ ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]