बैशाख २३, २०८१ आईतबार

गुणस्तरीय शिक्षाका लागि सिकाईलाई प्रभावकारी बनाउछौं : नगर प्रमुख

पवित्रा महतारा प्रसाई
नगर प्रमुख, बिर्तामोड नगरपालिका 

बिर्तामोड शिक्षाको हबको रुपमा विकास भइरहेको छ । विद्यालय क्षेत्रमा जतिजति सुधार हुदै गएको छ, त्यति नै विद्यार्थीको पनि चाप बढ्दै गएको नगर प्रमुखको भनाई छ । स्थानीय तह नहुँदा विद्यालय क्षेत्र अस्तव्य थियो, उहाँले भन्नुभयो – अहिले विद्यालय लापरबाही हिसावले चल्न पाएका छैनन् । विस्तारै व्यवस्थित गर्ने काम भइरहेको छ । कतिपय विद्यालयहरुले असाध्यै राम्रो उपलब्धी हासिल गरेको अवस्था छ भने कतिपय विद्यालयहरु प्रयास गरिरहेका छन् ।

हामी जनप्रतिनिधि भएर आउनुभन्दा पहिले विद्यालयहरु संरचनागत हिसावले पनि लथालिंग थियो । भौतिक पूर्वाधार अत्यन्तै दयनीय थियो । शौचालय देखि पानीसम्मको सुविधा थिएन । दुखले विद्यालयहरु चलिरहेका थिए । अहिले विद्यालय पूग्दा विश्वास नै नहुने परिवर्तन देख्न पाइन्छ । पूर्वाधारदेखि अन्य सुधार पनि निकै राम्रो भएको छ ।

भौतिक पूर्वाधारको क्षेत्रमा लगभग काम सिध्याएका छौं । केही वर्षदेखि गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं । बजेट अनुसार काम हुदो रहेछ, उहाँले भन्नुभयो – काम गर्ने धेरै इच्छा हुँदाहुँदै पनि बजेटका कारण धेरै समस्याहरु भोग्नुपरेको छ ।

विद्यार्थीको सिकाई प्रभावकारी बनाउन र शिक्षण सिकाईलाई पनि समयानुकुल बनाउन नगरपालिका योजनावद्ध ढंगबाट अघि बढ्ने योजना छ । विद्यार्थीलाई प्रविधिसँग जोड्ने, व्यवहारिक शिक्षा दिने कामलाई प्राथमिकता दिइएको नगर प्रमुखको भनाई छ । अहिलेको जोड भनेको सिकाईलाई गुणस्तर बनाउने भन्ने नै हो । उहाँका अनुसार विद्यार्थीहरुलाई प्रोत्साहन गर्न पोसाक र खाजाको व्यवस्थापन मिलाइएको छ । त्यस्तै, नगरमा शिक्षकहरुलाई पनि प्रोत्साहन गर्न सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ । – बिर्तामोड सेरोफेरोबाट

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]