जेष्ठ १, २०८१ मंगलबार

शिवसताक्षीमा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा सामाजिक सञ्जालको प्रयोग र साइबर क्राइम सम्बन्धी दुई दिने सचेतना कार्यक्रम शुरु भएको छ ।

पूर्व न्युज मिडिया प्रालिको सहजीकरण तथा शिवसताक्षी नगरपालिका महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई तालिम दिइएको हो । आइतवार शिवसताक्षी नगर भरिका माध्यमिक तहका विद्यार्थी सहभागी तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा रोशनले गर्दै सामाजिक सञ्जालको सहि प्रयोगले सकारात्मक प्रभाव पर्ने भए पनि गलत प्रयोगले बिकृति बढाउने उल्लेख गरे । उनले विद्यार्थीलाई सञ्जालको उपयोग गर्न सुझाव दिइन् ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापा मगरले इन्टरनेटको गलत प्रयोगले अपराध हुने गरेको बताउदै सचेत भएर चलाउन आग्रह गरे । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले साइबर अपराध अहिले प्रविधिको गलत प्रयोगबाट भइरहेको र त्यसको न्यूनिकरणमा विद्यार्थीको भुमिका महत्वपूर्ण हुने बताए । तालिमलाई इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापा मगर, अधिवक्ता कविता शर्माले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]