जेष्ठ १, २०८१ मंगलबार

लोक गायक सिताराम ताजपुरियालाई सम्मान

गौरादह । सामाजिक संस्था सहयोगी मनहरु नेपालले लोक गायक सिताराम ताजपुरियालाई सम्मान गरेको छ । गौरादह नगरपालिका २ स्थित गायक ताजपुरियाकै घरमा पुगेर आइतवार सहयोगी मनहरु नेपालले एक कार्यक्रमका विच नगदसहित सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष भिमप्रसाद आचार्यले गायक ताजपुरिया र उहाँकी श्रीमती लक्ष्मी ताजपुरियालाई दोसल्ला ओढाएर नगद दश हजार पाँच रुपैयाँसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

गौरादहको बजारैमा, छिटको साडी चौवन्दी चोलीमा लगायत दर्जनौ लोकप्रिय गीतका गायक तथा सर्जकलाई नेपाली लोक सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको संस्थाका सचिव विष्णु कुमार उप्रेतीले जानकारी दिए ।

समाजमा रहेका गरिव,विपन्न तथा पिछडिएका परिवारलाई सीपमुलक तालिम, स्वास्थ्य शिविर, खाद्यन्न, लताकपडा, झुल वितरणलगायत आवश्यकता अनुसार सहयोग गर्दै आएको यस संस्थाले सांगीतिक क्षेत्रका सर्जकलाई पहिलो पटक सम्मान कार्यक्रमको आयोजना गरेको संस्थाका भिम प्रसाद आचार्यले बताए ।

२०१५ सालमा जन्मिनु भएका ताजपुरिया २०३९ सालदेखि ३३ वर्षसम्म रेडियो नेपाल गायक अधिकृत पदमा सेवारत हुनुहुन्थ्यो । उहाँले गोर्खा दक्षिणबाहु चौँथो, दिर्घ सेवा स्वर्णपदक लगायतका दर्जनौ सम्मान प्राप्त गर्नु भएको छ ।
संस्थाले गर्मीको समयमा लामखुट्टेको टोकाइबाट बच्नको लागि विपन्न तथा गरिबहरुको लागि विभिन्न ठाउँमा पुगेर १ हजार ५ सय वटा झुल वितरण गर्ने कार्य अघि बढाईरहेको संस्थाका उपाध्यक्ष सुमनराज रिमालले जानकारी दिए ।

संस्थाका अध्यक्ष आचार्यको सभापतित्वमा आयोजित सम्मान कार्यक्रममा गौरादह नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दिलिप भण्डारी, वडा नम्बर ९ का वडा सदस्य केदार खनाल, गौरीगञ्ज रेडक्रसका सभापति यादब रिजाल, सेतुमारी सहकारी संस्थाका अध्यक्ष सोमराज तामाङ, व्यवस्थापक दिपक खनाल, संस्थाका मानार्थ सदस्य समिन रिजाल, राजेन्द्र तामाङको आतिथ्यता रहेको थियो ।

सहसचिव दिपेश खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिब विष्णुकुमार उप्रेतीले गरेका थिए । कार्यक्रममा संस्थाका सदस्यहरु नानु पंगेनी, जानुका बुढाथोकी, खेम ढुंगेल, लोकनाथ दाहाल, सुमित्रा खड्का, शौरभ घिमिरेको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]