जेष्ठ २, २०८१ बुधबार

इलाममा गणना जारी : एमालेको अग्रता कायमै, रास्वपा चौथो

इलाम – इलामको उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ।

फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गनिसक्दा एमालेले २६१८ मतले अग्रता लिएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८८९८ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६२८० मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ४६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले १३०५ मत ल्याएका छन्।

इलाम–२ मा १९ जना प्रतिस्पर्धी मैदानमा छन्। चार आकांक्षीबाहेक अरूले नगण्य मत प्राप्त गरेका छन्।

एकीकृत समाजवादीका जीतबहादुर राईले अहिलेसम्म २४० मत प्राप्त गरेका छन्। जनमत पार्टीको प्रेमकुमार थाम्सुहाङले ५४ मत प्राप्त गरेका छन्।

इलाम–२ मा अहिलेसम्म २१ हजार ८१० सदर मत गणना भएको छ। इलाम–२ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]