जेष्ठ ३, २०८१ बिहीबार

इलाम -२ मा सुहाङको अग्रता कायमै

इलाम। इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १८ हजार १९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२३३९ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ८५५७ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९३३६ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ३०६७ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ४४ हजार ३७३ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]