जेष्ठ ४, २०८१ शुक्रबार

विजय उत्सवमा सहभागी हुन इलाम जादै ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विजयसभामा सहभागी हुन इलाम जादैछन् ।

आज बैशाख १८ गते इलाममा आयोजना हुने विजयीसभा तथा धन्यवाद दिने कार्यक्रमका लागि ओली विहानै झापा आउने भएका छन् । नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार १८ गते विहान ८ बजे काठमाडौंबाट झापा प्रस्थान गर्ने कार्यक्रम छ । भद्रपुर विमानस्थल ओर्लिएर सिधैं इलाम जाने र कार्यक्रम सकेर आजै काठमाडौं फर्किने तयारी भएको सचिव कार्कीले जानकारी दिए ।

अध्यक्ष ओलीले इलाम २ को उपनिर्वाचनमा मंगलवारे र चुलाचुलीको चुनावीसभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]