जेष्ठ ८, २०८१ मंगलबार

इलामवासीको विश्वास र भरोसा मर्न दिन्न : सुहाङ

काठमाडौं । नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताउनुभएको छ ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जीत पछिको चुनावी सभालाई सम्बोधन गर्दै नेम्बाङले इलामका जनताले सुवास नेम्बाङ प्रति जुन भरोसा गरेका थिए त्यसलाई आफूले टुट्न नदिने बताउनुभयो । अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्बाङले बताउनुभयो ।अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उहाँहरूको सल्लाह र आसिरवाद लिएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

अग्रजले देखाएको बाटो बिर्सन नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मतदाताको सीर नझुक्ने गरी काम गर्ने बाचा गर्नुभयो । ‘इमान र निष्ठा पूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु’, उहाँले भन्नुभयो ।

 

नेम्बाङले कसैलाई गाली गरेर वा कसैको दुष्प्रचार गरेर होइन आफूले काम गरेर देखाउनु पर्ने बताउनुभयो । आफू सोही हिसाबले अघि बढ्ने उहाँले बताउनुभयो । अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखको काम पुरा गर्नुभएको बताउँदै नेम्बाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेम्बाङले कुनै जात वा समुदाय विशेषको कुरा गर्ने होइन सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल इन्द्रेणीको रङ्ग जस्तै भएकाले सबै रङ्गको महत्त्व रहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]