जेष्ठ ४, २०८१ शुक्रबार

उपनिर्वाचनले दिएको सन्देश

सम्पादकीय

वैशाख १५ गते भएको इलाम क्षेत्र नं. २ को उपनिर्वाचनबाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङको प्रतिनिधिसभाको यात्रा पुरा भएको छ । इलामको चुलाचुलीमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा भेट् गरौला भन्दै विदाई भएका थिए । उनले भने जस्तै अब ओली र नेम्वाङको भेट प्रतिनिधिसभा संसदमा निश्चित भएको छ । यसअघि सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भइसकेका नेपाली कांग्रेसका उम्मेवार डम्बर खड्का यो पटक राम्रै मतान्तरबाट पराजित भएका छन् । नेकपा एमालेले एउटा स्वच्छ छवि भएको, शिक्षित र अनुशासित युवालाई उम्मेवार बनाउदा सजिलै जीत हासिल भएको छ ।

इलाम २ मा १९ जना उम्मेवारमध्ये १६ जना उम्मेदवारको जमानत जफत भएको छ । त्यसमा नयाँ पार्टी, सबैले रुचाएको पार्टी भनिएको रास्वपा समेतको जमानत जफत हुनुले नेपाली राजनीति तरंग पैदा गरेको छ । रास्वपा भनेको जित्ने पार्टी, रास्वपा उठेको ठाउँमा कसैले चुनाव जित्न सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो । तर, मतदाताले नयाँ पार्टीका नाममा मतदान गरेनन् । काम गरेर आएको पार्टी एमाले र कांग्रेसलाई नै सर्वाधिक मत दिए । रास्वपाले पहिलो पटक निर्वाचनमा सहभागी हुँदै गर्दा मतदातालाई उम्मेदवाहरु समेत थाहा थिएन । को उम्मेदवार छ भन्ने समेत हेक्का नराखी मत दिए । निर्वाचित भइसकेपछि मात्रै मतदाताले उम्मेदवार पत्ता लगाएका थिए ।

इलामे मतदाताले नयाँ पार्टीलाई अस्वीकार गरेका छन् । विना काम आएका, कुनै पनि योगदान नगरेका र सरकारका लागि मरिहत्ते गर्ने महत्वकांक्षा देखाएको रास्वपाबाट जनताको मुक्ति संभव छैन । चुनाव जित्नासाथ सरकारमा जानुपर्ने, शक्तिशाली मन्त्रालय चाहिने र नयाँ पार्टीको नाममा मतदातासँग भावनात्मक खेलवाड गर्ने रास्वपालाई इलामे मतदाताले अस्वीकृत गरेको छ । काम नगर्ने, हल्ला मात्रै गर्ने, सबैलाई बेठिक देखाउने, आफुलाई मात्रै ठिक देखाउने रास्वपाप्रति मतदाता सचेत भएका छन् । उम्मेदवार नै नचिनी मत दिनुको अर्थ के थियो ? एमाले कांग्रेससँग निराश भएका मतदाताले आवेशमा नयाँ चुनाव चिह्न रोजे । तर, उनीहरुले पनि बुझ्दैछन्, कि रास्वपामा पनि यहि समाजमा मिश्रित मान्छेहरु सहभागी छन् । एमाले कांग्रेससहित विभिन्न पार्टीमा पद नपाएर पार्टी छोड्नेहरु मात्रै छन् । परिणामतः एमालेले फेरि आफुलाई शक्ति संघर्षमा बलियो पार्टीको रुपमा स्थापित गर्न सफल भएको छ । आगामी दिनमा पनि मतदाताले भ्रमबाट मुक्त भएर जनताको जीवनसँग जोडिएका व्यक्ति र पार्टीलाई निर्वाचित गराउन अनिवार्य छ ।

प्रकाशित मिति : बैशाख २०, २०८१ बिहीबार  ११ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]