जेष्ठ ५, २०८१ शनिबार

वन जोगाऔं

सम्पादकीय

सामाजिक सञ्जालमा विभिन्न राष्ट्रको डढेलो नियन्त्रणमा हेलिकप्टर अर्थात एयर एम्बुलेन्सको प्रयोग गरेका भिडियोहरु देखिन्छ । नेपालमा डढेलो लागेको मात्र देखिन्छ । नियन्त्रणका लागि गरेका प्रयासहरु कहिकतै देखिदैनन् । डढेलो आफै नियन्त्रणमा आउछ भन्ने बुझाईको विकास भइरहेको छ । तर, नेपालमा प्रकोपको रुपमा फैलिरहेको डढेलोप्रति राज्य पक्ष समेत सचेत भएको पाइदैन । यसले वातावरणमा ठुलो असर गरेको छ । मानवीय रुपमा पनि हानी नोक्सानी पुराइरहेको छ । यो परिस्थितिप्रति सरकार खास संवेदनशील भइरहेको पाइदैन ।

चालू आर्थिक ०८०-८१ मा आगलागीका ४ हजार ६७५ घटना भएका छन् । यस विपत्तिबाट १२१ जनाको मृत्यु भएको छ । ४७९ जना घाइते भएका छन् । २ जनाको अवस्था बेपत्ता छन् । आगलागीबाट २ हजार २८५ पशु चौपायामा क्षति पुगेको छ । १ हजार ७१५ घर र ९९१ गोठमा क्षति पुगेको छ । ३९ उद्योग, ८ विद्यालय, ९ वटा पुलमा क्षति पुगेको र आगलागी नियन्त्रणका लागि ३३ हजार ९८८ प्रहरी परिचालित गरिएको छ । डढेलोको प्रकोप बढ्दै जाँदा पर्यावरणीय संकट उत्पन्न भएको छ । वायु पनि विषाक्त बनेको छ । यस तर्फ सरकारसँगै सरोकारवाला सचेत हुन जरुरी छ ।

५० भन्दा धेरै जिल्लाहरुमा डढेलो फैलिएको समाचारहरु आइरहेको छ । सामान्य आगलागी मात्र होइन, यसले वन क्षेत्रमा ठुलो क्षति गरिरहेको छ । वन विस्तारमा योगदान गर्न नसकेको नेपाली समाजमा डढेलो नियन्त्रणप्रति चासो देखिदैन । वन डढेको विषय वन कार्यालय, सामुदायिक वन वा वनसँग सम्बन्धितहरुको मात्रै जिम्मेवारी भन्ने व्यवहार देखाइएको छ । यसले वन जोगिदैन । वनमा थप क्षति मात्र हुन्छ । त्यसैले साझा समस्याको रुपमा लिएर नियन्त्रणका लागि काम गर्नैपर्छ । वन जोगाउने दायित्व हामी सबैको हो । वन जोगिएन भने मानव जीवन पनि जोगिनेवाला छैन ।

प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार  १२ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]