जेष्ठ ५, २०८१ शनिबार

सहिद सुखानी पार्क जाने सडक कालोपत्रे

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले सडक कालोपत्रे कार्यलाई तिब्रता दिइरहेको छ । नगरपालिकाले यतिवेला सहिद सुखानी पार्क झिल जाने बाटो कालोपत्रे गरिरहेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रत्यक्ष निगरानीमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा शनिवार सडक कालोपत्रे गरेको हो ।

अर्जुनधारा ६ र ११ अन्तरगत ७ सय मिटर लम्बाई र साढे ५ मिटर चोडाई बाटो कालोपत्रे गरिएको हो । दधिराम रिमालको घरपूर्व तीनपैनी हुँदै सहिद सुखानी पार्क झिल जाने बाटो कालोपत्रे भएको छ । सडकको गुणस्तर र टिकाउकालागि नगर प्रमुख बलदेव गोम्देन आफैं निमार्ण स्थलमा खटिएका छन् । नगर क्षेत्रको हरेक सडक कालोपत्रे हुंदा नगर प्रमुख गोम्देन आफैं सहभागी हुंदै प्रत्यक्ष उपस्थितिमा काम गराउने गरेका छन् ।

नगरपालिकाको गौरवको आयोजना अन्तरगत उक्त बाटो कालोपत्रे गरिएको नगर प्रमुख बलदेवको भनाई छ । उक्त सडक ४० लाख रुपैयाँको लगानीमा कालोपत्रे गरिएको हो । यस बर्ष नगरको गौरवको योजना अन्तरगत तीन वटा सडक कालोपत्रे हुने नगरपालिकाले जनाएको छ ।

अर्जुनधारा–३ को फागुनन्दचोकबाट कैदली जाने र वडा नम्बर १० मा सिर्जना चोकबाट सेतीपानी जाने बाटो कालोपत्रे हुने नगर प्रमुख गोम्देनले जानकारी दिएका छन् ।

नगर प्रमुखले आवश्यकता ठानेको ठाउँमा सडक कालोपत्रे गरिने योजना अनुरुप यस बर्ष तीन स्थानमा सडक कालोपत्रे गरिने उनले बताए । नगरभित्र यस चालु आर्थिक बर्षमा संघ, पूर्वाधार, प्रदेश, शहरी बिकास, सडक बिभाग अन्तरगत धेरै सडकहरु कालोपत्रे भइसकेको र केही हुने क्रममा रहेका छन् ।

प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]