जेष्ठ ५, २०८१ शनिबार

झापामा अभिभावकलाई सजग गराउन शिक्षकको अभियान

बिर्तामोड । झापाका एक जना शिक्षकले अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । हल्दिवारीस्थित लक्ष्मी माविमा कार्यरत शिक्षक पर्शुराम अधिकारीले सन्देशमुलक पर्चासहित गाउँगाउँ पुगेर अभिभावकलाई सचेत गराउने काम गरिरहेका छन् ।

विशेष गरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुका अभिभावकलाई सचेता गराउने उद्देश्यले टोल–टोल, वस्ती–वस्ती र बजारमा समेत अभियान सञ्चालन गरिरहेको जानकारी दिए । सामुदायिक विद्यालयका अभिभावकहरुले बालबालिकालाई नियमित विद्यालय नपठाउने, विहान बेलुका बालबालिकाको अध्ययनबारे चासो नदिने भएपछि सजग गराउन शिक्षक अधिकारीले उक्त अभियान सञ्चालन गरेका हुन् ।

अभिभावकले विद्यालयमा खवरदारी गर्ने, शिक्षकसँग बालबालिकाको पढाई बारे चासो राख्ने र घरमा पनि बालबच्चालाई पढ्न लगाउनुहोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाई छ । अभियानका क्रममा सन्देशमुलक पम्प्लेट राखिएको हुन्छ । जागृति क्याम्पस गोल्धापमा समेत पढाउदै आएका अधिकारीले बालबालिकाको पठनपाठनमा अभिभावकले चासो दिनुपर्छ भन्दै आफूले अभियान सञ्चालन गरेको जानकारी दिए । उनले सामुदायिक विद्यालयको नतिजा सुधारमा अभिभावकको भूमिका महत्पूर्ण हुने बताएका छन् । उनी भन्छन्, विद्यालयमा शिक्षकले गृहकार्य जाँच गरिरहेका छन् कि छैनन् ? त्यो पनि अभिभावकले चासो राख्नुपर्छ ।

दुई सातादेखि अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका अधिकारी हल्दिवारीको सन्थाल वस्ती, महतो वस्ती, दलित वस्ती, हल्दिवारी बजार, मंगलवारे बजार, चन्द्रगडीको लेखनाथ चोकमा प्लेकार्डसहित उभिइसकेका छन् । जहाँ उनको अभियानबारे सबैले चासो समेत दिने गरेका छन् । कतिपय अभिभावकले आफ्नो बच्चाको समस्या समेत सुनाउने गरेका छन् ।

कमजोर विद्यार्थीहरुलाई विद्यालय समयपछि निशुल्क कोचिङ समेत पढाउदै आएका उनले छुट्टिको समयमा अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् ।

अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका शिक्षक अधिकारीले शिक्षा क्षेत्रप्रति अभिभावक र सरोकारवालाको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरेका हुन् ।

चन्द्रगडी घर भएका शिक्षक अधिकारीले आफ्नो बालबच्चा समेत आफुले शिक्षण गर्ने विद्यालयमा पढाइरहेका छन् ।

प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]