जेष्ठ ६, २०८१ आईतबार

नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै प्रदेश प्रमुखकोमा एमाले – माओवादी

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।

विराटनगरस्थित होटल बिगमा आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका छन् । प्रदेश प्रमुखसँग उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले – माओवादीको संयुक्त बैठक बसेको थियो । एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको आव्हान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : बैशाख २६, २०८१ बुधबार  ४ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]