जेष्ठ ६, २०८१ आईतबार

शिवसताक्षी ६ मा जेष्ठ नागरिक भवनको शिलान्यास

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को वडा गौरवको योजना जेष्ठ नागरिकको भवन सिलान्यास भएको छ । बुधबार वडा अध्यक्ष मनोज खुलाल कार्की, जेष्ठ नागरिक समाज शिवसताक्षीका अध्यक्ष अम्बिका प्रसाद घिमिरे र सहारा नेपालका क्षेत्रीय संयोजक लोकवहादुर रोक्काले संयुक्त रुपमा सिलान्यास गरेका हुन् ।

जेष्ठ नागरिक भवन स्थानीय जनआदर्श माध्यमिक विद्यालयको जग्गा परिषरमा निर्माण हुने वडा अध्यक्ष खुलालले बताए । वडा अध्यक्ष खुलालका अनुसार सहारा नेपाल साकोस र वडा कार्यालयको १०-१० लाख गरेर २० लाखको लागत सहभागितामा निर्माण हुने भएको हो । उनले भने, ‘वडा कार्यपालिकाको निर्णय अनुसार वडा गौरवको योजना अन्तर्गत यो भवन निर्माण हुने भएको हो ।’

‘भवन निर्माण हुनु ठुलो कुरा होइन । निर्माण भइसकेको भवनको संरक्षणमा चुनौती नआओस््,’ वडा अध्यक्ष खुलालले मन खोलेर भने ‘वडा पालिका जेष्ठ नागरिकको हरेक कार्यक्रममा सहभागि हुन्छ । निर्माण हुने भवन सबैको चौतारी बन्न सकोस् ।’

सहारा नेपाल साकोसका क्षेत्रीय संयोजक लोक वहादुर रोक्काले वडा अध्यक्षले ल्याएको योजनालाई धन्यवाद दिए । उनले खुलालको प्रशंसा गर्दे भनेका छन्,‘ यस्तै योजनाले जनताको मन जित्न सकिन्छ ।’ रोक्का गएको स्थानीय तहको निर्वाचनमा खुलालसँग पराजित भएका थिए । उनले खुलालको प्रशंसा गर्दे भने ‘धन्यवाद वडा अध्यक्ष ज्यू । वडाका आम नागरिकको सरोकारको विषयमा यसरी नै योजना र बजेटको व्यवस्था हुदै जाओस् ।’

जेष्ठ नागरिकका लागि निर्माण हुने यो भवनले शिवगञ्जको महत्व अझ बढाउने जेष्ठ नागरिक समाजका नगर अध्यक्ष अम्बिका प्रसाद घिमिरेले बताए । शिवगञ्जको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको लागि यो भवनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।

कार्यक्रम भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र लुईटेलको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा वडा सदस्य गोमा रिजाल, सहारा साकोसका शिवगञ्ज सेवा केन्द्र प्रमुख नारायण पौडेलले पनि मन्तव्य राखेका थिए । यो भवन शौचालय सहित दुई कोठा र एउटा हल भएको हुने छ ।

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]