जेष्ठ ७, २०८१ सोमबार

मेचीनगरबाट करिब ३ लाखको अवैध लाइटर बरामद

मेचीनगर । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर- ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ राखेको अवस्थामा उक्त लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो ।

बरामद लाइटरको मूल्य दुई लाख ९० हजार रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय मेचीनगर क्षेत्रबाट प्रहरीले अवैध समानहरु बरामद गरिरहेको छ ।

केहीदिन अघि मात्रै लाखौं मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको थियो । यसरी अवैध सामाग्री बरामद गर्न प्रहरी सफल भइरहेपनी अवैध सामाग्री ओसारपोसार गर्ने व्यक्तीसम्म भने प्रहरी पुग्न सकिरहेको छैन । अर्थात तस्करहरु यसै उन्मुक्ति पाइरहेका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]