जेष्ठ ७, २०८१ सोमबार

बिर्तामोडमा बैंक तोडफोडमा संलग्न दुई पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा दुईवटा बैंकमा तोडफोड भएको छ । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईँका समर्थकहरुले ऋणिलाई टर्चर दिएको भन्दै बैंकमा तोडफोड गरेका हुन् ।

प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र ज्योती विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका हुन् ।

प्रहरीले तोडफोडमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिर्का अन्जेस राई (बुलेट किराँती), बिर्तामोड ३ सैनिकमोडका मनिकुमार तामाङ सहित ४ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]