जेष्ठ ७, २०८१ सोमबार

शिवसताक्षीमा आगामी बैशाख ३० गतेबाट मेयर कप हुने

शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी बैशाख ३० गतेदेखि फागुन ५ गतेसम्म पाँच विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट र कराँते खेल हुने शिवसताक्षी नगरपालिका खेलकुद विकासका अध्यक्ष सुरज रिङ्गालुङले जानकारी दिए ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार , क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।

आयोजकले सबै विधाका खेलमा विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाएको छ । त्यस्तै पत्रकार सम्मलेन मार्फत आजै फुटबल, भलिबल र क्रिकेटको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।
प्रतियोगिताका सबै खेलकहरुमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख लागतको अनुमान गरिएको खेलकुद विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]