जेष्ठ ३, २०८१ बिहीबार

वडाध्यक्षको सिफारिसमा गैरकानुनी उत्खनन्

बिर्तामोड । नदी उत्खनन्का लागि पुरा गर्नुपर्ने मापदण्ड वातावरणीय अध्ययन परीक्षण (आइइइ) समेत नगरेको ठाउँमा उत्खनन् गर्न झापाका दुई वडाध्यक्षले अनुमति दिएका छन् । उत्खनन्का लागि वडाध्यक्षले सिफारिस समेत दिन नमिल्ने व्यवस्था छ । उनीहरुले नीति विपरित नदी उत्खनन् गर्न अनुमति दिएको पाइएको छ ।


झापा अर्जुनधारा नगरपालिका वडा नं. १ र बुद्धशान्ति वडा नं.२ सिमा क्षेत्रमा सोहि वडाका वडाध्यक्षले उत्खनन गर्न ठेक्कदारहरुलाई सिफारिस दिएको कागजात फेला परेको छ । सोहि सिफारिसका आधारमा ठेकेदारले विरिङ खोलामा डोजर प्रयोग गरिरहेको अनुगमन समितिले भेट्टाएको छ ।
वडा नं . १ का अध्यक्ष गजाधर खतिवडा र बुद्धशान्ति वडा नं .२ का अध्यक्ष दिलिप श्रेष्ठले वडागत विकास निर्माणका लागि भन्दै सिफारिस दिएपछि विरीङ नदीमा निर्माण सामग्री उत्खनन्का लागि डोजर प्रयोग समेत प्रयोग गरिएको पाइएको छ ।


अर्जुनधारा नगरपालिकाको अनुगमन टोली पुग्दा सो स्थानमा प्रारम्भीक वातावरणीय परीक्षण अध्ययन ( आईइइ) ले ठहर नगरेको स्थानमा नदीजन्य सामग्री उत्खनन गरेको पाइएको स्थानीयबासीले जानकारी दिएका छन् ।
अर्जुनधारा–१ र बुद्धशान्ति–२ भएर बग्ने विरीङ नदी स्थित पाँचथरे खोल्सी छेउ नदीजन्य सामग्री दैविक प्रकोपले स्थानीयबस्ती खतरामा परेको भन्दै केही महिना अगाडि खन्नुपर्ने सुझाव दिएको थियो । यता, शान्ति चोक पूर्व विद्युत पोल उत्तर विरीङ खोला उत्तरी क्षेत्र आइइइी अध्ययन क्षेत्र परे पनि निशेषित क्षेत्रमा नदीजन्य सामग्रीको जथाभावी उत्खनन् गर्ने नमिल्ने बताएको छ ।


तर, वडाअध्यक्ष खतिवडा र श्रेष्ठले विधि र प्रक्रियालाई अटेरी गर्दै मनोमानी ढंगबाट नदीजन्य सामाग्री जथाभावी उत्खनन् गर्न दिएको आरोप छ । दुवै स्थानीय तह अर्जुनधारा र बुद्धशान्तिले निशेषित स्थानमा डोजर प्रयोग गर्ने नगर्ने बारे कुनै निर्णय नगरेको पाइएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले यसरी गरिने उत्खनन्लाई गैरकानुनी भएको बताएका छन् । यो गैरकानुनी उत्खनन् हो, पोर्तेलले भने– पत्राचार भइसकेको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]