जेष्ठ १०, २०८१ बिहीबार

बैंक तोडफोड निन्दनीय

सम्पादकीय

झापाको बिर्तामोडमा बिहीवार दुई वटा बैंकमा गरिएको तोडफोडको घटनाले बैंक तथा वित्तीय क्षेत्रलाई आतंकित बनाएको छ । दुर्गा प्रसाई समर्थकहरुले गरेको भनिएको उक्त तोडभोड भत्सर्ना योग्य र निन्दनीय पनि छ । नेता बन्ने, नेतृत्व गर्ने व्यक्तिले कहिल्यै तोडफोड र झैझगडा गर्दैन । तर, यहाँ तोडफोड गरेरै नेता हुने अभ्यास गरेको अनुभूति हुन्छ । बैंकका सिसा फुटाएर, बैंकका कर्मचारीहरुलाई तर्साएर खोजेको समाधान भेटिदैन । त्यसका लागि गलत बाटो रोजेर हुदैन । सहि गन्तव्यमा पुग्नै सकिन्न । त्यसका लागि वार्ता, संवाद वा त्यो पनि भएन भने कानुनी कारबाहीको बाटो रोज्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीमाथि ज्यादती गरेको आधारमा तोडफोड गर्ने कुरा क्षमा योग्य छैन । त्यसमा संलग्नहरु र त्यस प्रकारको गलत कामको अगुवाई गर्नेलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ । कानुन विपरित सेवाग्राहीमाथि ज्यादती गरेको खण्डमा बैंक तथा वित्तीय संस्थालाई कारबाहीको लागि माग गर्ने निकायहरु छन् । सेवाग्राहीमाथि अन्याय भए न्याय माग्ने ठाउँहरु पनि छन् । तर, बैंक तथा वित्तीय संस्थाको कार्यालयमा ढुङ्गा हानेर सेवाग्राहीको कर्जा मिनाहा हुदैन । सेवाग्राहीले न्याय पाउन सक्दैनन् ।

बिर्तामोडमा केहि समयदेखि यसप्रकारका घटनाहरुमा संलग्न व्यक्तिहरु एकै समूह जस्तो देखिन्छ । विभिन्न घटनाहरुमा दोहोरिने अनुहारबारे प्रहरी प्रशासनले अनुसन्धान गर्न जरुरी छ । विगतको पृष्ठभूमिलाई समेत केलाएर ढुङ्गा हान्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बैंक वित्तीय संस्था पनि अलि सामाजिक बन्नैपर्छ । शोषक, सामन्त संस्था जस्तो सेवाग्राहीलाई व्यवहार गर्न हुदैन । बैंकलाई नागरिकमैत्री बनाएर जाने हो भने बैंकमाथि आइरहेका आरोपहरु पनि चिरिने थिए । अराजक समूहहरुले खेल्ने ठाउँ हुदैन थियो । यसैले बंैक तथा वित्तीय संस्था नियम बमोजिम सञ्चालन गर्नुपर्छ । न्याय खोजिदिनेहरुले पनि कानुनलाई हातमा लिएर अराजकता प्रस्तुत गर्न हुदैन ।

प्रकाशित मिति : बैशाख २९, २०८१ शनिबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]