असार ९, २०८२ सोमबार

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८(४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् ।

उनले प्रदेश सभामा बोल्दै आफू र आफ्नो पार्टी एमाले विधि र सम्बिधान मान्ने पार्टी भएको बताए । उनले संविधानको सर्वोच्चता मान्ने भन्दै नि वर्तमान मुख्यमन्त्रीले नया सरकार गठनका विषयमा दायर गरेको रिटबारे जानकारी रहेको बताए । उनले संविधानको रक्षाका लागि नै एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री भएको बताए ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  २ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]