बैशाख २१, २०८१ शुक्रबार

बत्ति बलेपछि सहकालेवासी खुशी

अर्जुनधारा । शिरशिर बतास डाँडामा टन्टलापुर घाम । नजिकै सुनसान बगिरहेको खानी भञ्जाङ नदी । साँझपख धिपधिप बल्ने कुपी बत्ती । समसाँझैं सुनसान बन्ने गाउँ । चकम्मन, एकान्त र अनकन्टार छ । नत आमा दिदिबहिनीले उज्यालोमा घर धन्दा न त बालबालिकाहरुले उज्यालोमा पढ्न पाउँछन्, दैनिक कामकाज गर्न सधैं अप्ठयारो छ ।
यसरी नै धेरैं पुस्ताले आफ्ना जीवनका अध्यारा पलहरु अध्यारो कोठामा बिताएको झापाका अर्जुनधारा नगरपालिका वडा–२ स्थित सहकाले भनेर चिनिने बस्ती जहाँ २ सय जनसंख्या रहेको छ ।
अर्जुनधारा–२ को खुदुनावारी–वेलटार–लाप्चेटार र ईलामको रोङ गाँउपालिका–२ अन्र्तगत रहेको मंगलटार–धनसार हुँदै पुल विहिन टाङटीङ नदी पार गरेपछी पुगिने उक्त क्षेत्रमा राई, लिम्बू, तामाङ, गुरुङ, बाहुन, क्षेत्रीको मिश्रित समुदायको बसोबास रहेको छ ।

उत्तरमा इलामको शिरिसे बतबासे, पूर्वमा फिक्कल, पश्चिममा माईनगरपालिका र दक्षिणमा रोङ र अर्जुनधारा नगरपालिका पर्दछ । नौलो मान्छे पुगेँपछि हतपत नखुल्ने यहाँका मानिसहरु आफ्ना जिवनका अध्यारा अध्यायहरु सकिएको छ । सो क्षेत्रमा १७ घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–२, सहकालेका स्थानीय ५५ वर्षीया धन बहादुर बस्नेतले निर्वाचनमा खसाएको मत खेर नगएको बताए । गाउँमा बिजुली बत्ती आउँछ भनेर सपनामा देखेको थिइन्, उनले भने स्थानीय सरकारको, ‘गर्ने आँट भए जे पनि हुँदोरहे छ । साविक खुदुनाबारी गाविस हुँदा रकम विनियोजन भएर कुनै विकास निर्माणको काम भएको मलाइ थाहा छैन’ तर अहिले यहाँ गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको भन्दै स्थानीयबासी खुशीको सिमा नै थिएन ।


सहकाले बस्तीमा बिजुली पुग्दा यहाँका स्थानीय खुसी छन् । वल्लतल्ल दुखले निर्माण भएको सामान्य ट्रयाक हिडडुल गर्ने पुगेँपनि वर्षायाम सुरु भएपछि त्यो पनि ठप्प नै हुन्छ । यहाँका स्थानीयले विजुली वत्तिको मुख देख्न पाएका थिएनन् । खुदुनाबारी र इलामको सिमले क्षेत्रमा वलेको बिजुली हेर्दै रात काट्ने यहाँका स्थानीय आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि औधी खुसी भएको ७० वर्षीय छविलाल मगर बताए । उनले भने– आफ्नो उमेर गाउँमै बिजुली बत्ती बाल्ने कल्पना नगरेका उनले हर्षित हुँदै भने, तर स्थानीय सरकार हाम्रा लागि बरदान सावित भएको बताए ।


आफू निर्वाचित भएपछि भूगोल नहेरी बाटो निर्माणका लागि नगरपालिकाको तर्फबाट योजना पठाएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले बताए । त्यस क्षेत्रको विकासको लागि पटक–पटक स्थानीय जनताको आवश्यकता र मागको विषयमा मसिनो गरी संवाद गरेर योजना अगाडि सारेको उनले बताए । बाटो व्यवस्थापन आगामी वर्षको योजनामा नगरपालिकाले प्राथमिकतामा राखेँको छ, निर्माण र विकासले सौतेनी डाहाँ परेको क्षेत्रहरुलाई समुन्नत समुचित र समयाअनुकूल विकास निर्माण गर्दै अगाडि बढाउने मेयर रानाको भनाई रहेको छ ।
सानु बस्ती भएपनि नगरपालिकाले लगानी गरेर नागरिक बस्न योग्य ठाउँ बनाउने अठोट गरेकोप्रति प्रदेश सांसद बृख प्रधानले प्रशंसा गरेँ । जोडिएको विद्युतको संरक्षण, संवद्र्धन र दिर्घकालिन रुपले अघि बढाउन अब स्थानीयको दायित्व बुझेँर काम गर्नुपर्नेमा उनले जोड दिए ।
विद्युत् प्राधिकरण शनिश्चरे उपशाखाका कर्मचारी कमल रायले स्थानीय सरकारको लगानीमा ग्रामीण विद्युत्तीकरणलाई तीव्र पारिएको बताए । स्थानीय सरकारको पहलमा इलामको सिमलेबाट करिब ५ किलोमिटर क्षेत्रबाट विद्युतको पहँुच सहकालेमा पु¥याएको उनले जानकारी दिए ।


पर्यटकीय गन्तव्य
पर्यटकीय र सुन्दर ठाँउ हो, सहकाले । निकै गर्मी मौसममा समेत चिसो सिरेठो चल्ने विशेषता बोकेको छ सहकालेले । यहाँ जनताका चरम गरीबी अभाव र असैय पीडा छन् । झापा जिल्लाको सबैभन्दा संम्भवत उच्च स्थान भनेर चिनिने त्यस अर्जुनधारा नगरमा रहेको सो क्षेत्र पर्यटकीय केन्द्रका रुपमा समेत विकास गर्नका लागि कार्यक्रम समावेश गर्ने नगर प्रमुख हरि कमार रानाले बताए । बिजुली त बल्यो, गाउँघर खोप क्लिनिक भवन निर्माणका लागि शिलन्यास भइसकेको छ, बाल शिक्षाको कार्यक्रम आगामी वर्षबाट संचालन गरी यहाँको जनजीवन फेर्ने लक्ष्य राखिएको नगर प्रमुख रानाले बताए ।


प्रधान र रानाले बत्ती बाले
जव प्रदेश सासद बृख प्रधान र नगरपालिका मेयर हरि कुमार रानाले संयुक्त रुपमा स्विच अन गरेँ बत्ती बल्यो । उनीहरुले बत्ती बाल्दा स्थानीयहरु दंग देखिन्थे । उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर हरि कुमार रानाले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिवद्धता मध्येको एक प्रतिवद्धता पूरा गरेको बताए । अर्जुनधारा नगरपालिकाको ११ लाख र जनश्रमदानबाट २ लाख ८१ हजार ५ सय ३९ रुपैंया गरी १३ लाख ८१ हजार ५ सय २९ रुपैँयाको लागतमा सहकालेमा बिजुली बत्ती बलेको पोल र तार विस्तार समितिका अध्यक्ष कृष्ण दंगालले जानकारी दिए ।


प्रदेश सरकारले सहयोग गर्ने
अर्जुनधारा नगरपालिका सहर बजारसँग ग्रामीण क्षेत्रलाई जोड्नु पर्छ भन्ने मान्यता राखेँको पाइन्छ । दुर्गम बस्ती र भूभागलाई विकासका लागि आँखाको नानी झैँ अघि बढेँको पाइन्छ । त्यसमा प्रदेश सरकारले पनि साथ दिने प्रतिबद्धता सांसद प्रधानले गरेँ । कृषिमा विषादि रहित उत्पादन आईपिएम पाठशाला र पशुमा बाख्रापालनको पकेट क्षेत्र बनाउने अवधारणा रहेको मेयर रानाले जानकारी दिए ।

सहकालेका लागि कार्यक्रम संचालन गर्न सिमित श्रोत दिने त्यसलाई भरपूर सदुपयोग गर्नुपर्ने उनले सुझाव दिए । नगरका ५५ वटा टोल मध्ये एउटा नमूना टोल बन्नेमा आफूले विश्वास लिएको प्रमुख रानाको भनाई रहेको छ ।

कार्यक्रममा नगरका उपमेयर कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडा–२ अध्यक्ष रघुनाथ खनाल, बेलटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, समाजसेवी रुपनारायण समाल, स्वास्थ्य संयोजक मुकुन्द्र बस्नेत लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार  २ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]