असार ३, २०८१ आईतबार

सिमल तरूल खेती प्रवर्धनमा मेचीगरको चासो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सिमल तरूल खेती प्रवर्धनमा चासो दिएको छ । मेचीनगर क्षेत्रमा हुने रैथाने बालिको रूपमा रहेको सिमल तरूल पछिल्लो समय हराउँदै गइरहेको छ ।

यसलाई संरक्षण र प्रवर्धन गर्न स्थानीय सरकारको तर्फबाट मेचीनगरले दिर्घकालिन रूपमा योजना बनाएर अगाडि बढ्न गृहकार्य सुरू गरिसकेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । उनले सिमल तरूल खेती प्रवर्धन गर्न पहिलो चरणमा आज विज्ञ र सरोकारवाला निकायसँग प्रारम्भिक छलफल सम्पन्न गरिएको बताए ।

मेचीनगर क्षेत्रमा राम्रो उत्पादन सम्भावना रहेको सिमल तरूललाई उत्पादनमा जोड दिदैँ व्यवसायीकरण गर्न सम्भव रहेको सिमल तरूल खेती विज्ञ बद्री ओझा र वासुदेव शर्मा बताउँछन् ।

नगरपालिकाको सभाहलमा बुधबार सिमल तरूल खेती प्रवर्धन गर्न तथा तरूलको बिषयमा बिशेष जानकारी गराउने उदेश्यले आयोजना गरेको विज्ञसहितको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मेचीनगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, वरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित मेचीनगर क्षेत्रमा रहेका कृषि सहकारीका पदाधिकारी, सहकारी अभियान्ता, अग्रज किसानलगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाले यसअघि दुई पटक बाहुण्डाँगीमा तरूल महोत्सव समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ । त्यस्तै कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले किसानलाई तोरी, गहुँ, मकै, धानलगायतको बालीमासमेत अनुदान तथा शौलीयत प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]