असार ३, २०८१ आईतबार

एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशन सुरु, योगदान गर्नेहरुलाई सम्मान

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगर कमिटीको दोस्रो नगर अधिवेशन सुरु भएको छ । आज शिवसताक्षीको दूधेमा दोस्रो नगर अधिवेशन नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले उद्घाटन गरेका हुन् ।

अधिवेशनमा नगर कमिटीले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा पुराना पार्टी सदस्य र विभिन्न समयमा पार्टीमा योगदान पु¥याउने तीन जनालाई सम्मान गरिएको छ । जसमा शिवसताक्षी कै पुराना पार्टी सदस्य तथा पूर्व सांसद तारासम योङ्या, भूमिगत अवस्थामा पार्टीमा योगदान दिने देवीप्रसाद रेग्मी र आइतमाया लिम्बुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य एलपी साँवा लिम्बुले नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल नेतृत्वमा २००६ सालमा स्थापना भएर विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थामा आएको बताए । उनले नेकपा एमालेको जबजको सिद्धान्तको मार्गदर्शन अंगाली मुलुकलाई समृद्ध बनाउनु पर्छ भनेर पार्टीका धेरै योद्धाहरुको त्याग बलिदानबाट आज हामी यो अवस्थामा आइपुगेको जानकारी दिए । उनले नेकपा एमालेले दोस्रो अधिवेशनले पार्टीलाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्व चयन गर्न सबै प्रतिनिधिहरुलाई सुझाए ।

त्यस्तै, नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले नेकपा एमाले देशको प्रमुख शक्ति भएकै कारण घेराबन्दीमा परेको बताए । कमजोरलाई कसैले पनि घेराबन्दी गर्दैन । उनले भने, नेकपा एमाले राष्ट्रिय राजनीतिको सन्दर्भमा र नेपालको राष्ट्रियताको सम्बद्र्धन गर्ने सन्दर्भमा ठिक ठाउँमा उभिए कै कारणले एमाले घेराबन्दीमा परेको हो । हाम्रो पार्टीका लाखौ लाख छरिएका नेता तथा कार्यकर्ताहरुको ठूलो पङत्ती छ, जसले नङ मासुको सम्बन्ध राख्दछ । त्यसैले पनि एमाले बलियो छ । हाम्रो विरुद्धको घेराबन्दी सारमा के हो भने सबै भन्दा राम्रो, बलियो, स्पष्ट भिजन र दृष्टिकोण बोकेको पार्टी भएर मात्रै हाम्रो घेराबन्दी भएको हो । एमालेलाई जति घेराबन्दी गरिन्छ । पार्टी त्यती नै सफल र चर्चामा रहने उनको भनाई थियो ।

अहिले आएका नयाँ पार्टीहरु खहरे हुन् । बर्षात भएका बेला उर्लिन्छन् । आफै समाप्त हुन्छन् । होइन भने, पछिल्लो पल्ट निर्वाचन भएको इलाम दुईमा स्वतन्त्र पार्टीको जमानत जफत भयो । पर्खदै जानुहोस् केही समय पछि जमाना जफत हुने वाला छ ।

अधिवेशनमा नेकपा एमाले जिल्ला उपाध्यक्ष शिव ढुंगेल, केन्द्रिय कमिटी सदस्य तथा शिवसताक्षी इन्चार्ज मेनुका काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनमा केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, नगरकमिटीका पदाधिकारी तथा सदस्य, वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगर कमिटीका कार्यवाहक अध्यक्ष कमल नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भिम लिवाङले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]