असार ३, २०८१ आईतबार

एमाले बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

नेकपा एमाले दमक नगर कमिटी झापाको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले बलियो हुनको लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो । एमालेलाई आफ्नो लक्षमा पुग्न आन्तरिक एकता आवश्यक रहेको ओलीको भनाइ छ ‘त्यसका लागि आन्तरिक एकता चाहिन्छ, पार्टीमा एकता चाहिन्छ, एकताबद्ध पार्टी हाम्रो मूल मन्त्र हो’, ओलीले भन्नुभयो ।

ओलीले एमालेको लक्ष मिसन २०८४ भएकोले एमालेको ध्यान अहिले अन्त कतै नभएको बताउनुभयो । मिसन २०८४ भनेको तीनवटै तहमा एमालेको बहुमतको सरकार भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताको मन जित्ने गरी एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीभित्रको द्वन्द्वका कारण कतिपय स्थानीय तह निर्वाचनमा नेतृत्व गुमाउन पुगेको उहाँले बताउनुभयो ।

ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेको विषयलाई लिएर पक्राउ नगरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । सो विषयलाई लिएर प्रोपोकाण्डा मच्चाउन आवश्यक नरहेको उहाँले बताउनुभयो । सिारोहियालाई गरिएको पक्राउ सञ्चारमाथिको हमला भनेर चर्चा गर्नु गलत भएको उहाँको भनाइ छ । ‘विषय त अर्कै छ, फौजदारी कुरा होला त्यो त, यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो, त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ’, उहाँले भन्नुभयो ।

ओलीले फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने स्पष्ट पार्नुभयो । आरोपी नेता, मन्त्री र प्रधानमन्त्री समात्दा समेत केही नहुने तर सिरोहियालाई समात्दा अनावश्यक कोकोहोलो गरेको ओलीले बताउनुभयो । ‘ सरकारले छानबिन गर्दा हल्ला गरिरहनुपर्ने जरुरी छैन’, ओलीले भन्नुभयो ।

कार्यक्रममा ओलीले माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेलाई स्वागत गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता भद्रपुर नगरका पार्टी अध्यक्ष शिवकुमार राजभण्डारी, अग्रज नेता नरपति चापागाईँ, चन्द्र तामाङ, श्रीमनारायण पौड्याल लगायत २ सय एमाले प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]