बैशाख ८, २०८१ शनिबार

नेपाल रङमा आत्मनिर्भर बन्दै

चितवन – नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ । नेपालमा वार्षिक ३० अर्ब रुपियाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले बताउनुभएको छ । 

चितवनस्थित जम्सिन पेन्ट्सका प्रमुख लक्ष्मण अर्यालका अनुसार नेपालमा स्वदेशी उत्पादनबाहेक बहुराष्ट्रिय कम्पनी, भारतीय कम्पनीका रङ नेपालमा आउने गरेका छन् तर विदेशी रङ जत्तिकै गुणस्तरीय नेपाली उत्पादनका रङ रहेको दाबी उहाँले गर्नुभयो । चितवनका रङ उद्योगले वार्षिक तीन अर्ब रुपियाँ बराबरको उत्पादन गर्दै आएका छन् ।

नेपाली रङको बजारमा यहाँको उद्योगले जिल्लाको मागलाई पूरा गरेर देशभर नै आफ्ना उत्पादन पु¥याएको उद्योगीले जानकारी दिएका छन् । २५ वर्षदेखि रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सका उत्पादन देशभर रहेको उहाँले बताउनुभयो । प्रमुख अर्यालले भन्नुभयो, नेपाल रङमा आत्मनिर्भर भइसकेको छ, यहाँको मागलाई स्वदेशी उत्पादनले पुगेको छ । उहाँका अनुसार चितवनमा रहेका उद्योगले मात्रै वार्षिक तीन अर्ब रुपियाँ बराबरको कारोबार गरेका छन्, जुन चितवनको आन्तरिक मागको दोब्बरले बढी उत्पादन भएको समाचारगोरखापत्रमा छ। 

अर्यालले भन्नुभयो, एक अर्ब ५० करोड रुपियाँको रङ चितवनमा खपत हुन्छ तर यहाँका उद्योगले वार्षिक तीन अर्ब रुपियाँको रङ बिक्री गरेका छन् । यहाँका केही उद्योगले चितवनसहित तराईका जिल्ला, नेपालभरि र आसपासका क्षेत्रमा रङ बिक्री गर्दै आएका छन् । 

चितवनमा नै उद्योग रहेर १९ जिल्लाभन्दा धेरै स्थानमा बिक्री गर्दै आएको एपोलो पेन्ट्सका सञ्चालक ईश्वर गौतमले चितवनका उद्योगले उत्पादन गरेको रङको बजार राम्रो रहेको र माग नेपालभर रहेको बताउनुभयो । 

उहाँका अनुसार नेपाली रङको गुणस्तर पनि राम्रो रहेको छ, जुन पाँचदेखि सात वर्ष टिक्छ । त्यस्तै नेपालमा रहेका ठूला साना गरी ४५ रङ उद्योगमध्ये नेपाल गुणस्तर चिह्न प्राप्त पनि रहेका छन् । चितवनमा मात्र विराज, तिरुपति, एपोलो, जस्मिनलगायत गरी एक दर्जन उद्योग रहेका छन् ।  

प्रकाशित मिति : पुष २२, २०७६ मंगलबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]