असार ४, २०८१ सोमबार

एमाले महासचिवद्वारा बिर्तामोड अव्यवस्थित र अपराधिक केन्द्र बनेकोमा चिन्ता प्रकट

बिर्तामोड । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापाको बिर्तामोड अर्को अव्यवस्थित शहर काठमाडौं भइरहेको बताएका छन् । व्यापारिक हवको रुपमा विकास भइरहेको बिर्तामोडमा व्यवस्थित शहरीकरण नभएको बताए ।

बिर्तामोडको तुलनामा पुरानो बजार भद्रपुर धेरै व्यवस्थित रहेको महासचिव पोखरेलको भनाई छ । नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनमा प्रमुख अतिथिका रुपमा आज झापा आएका पोखरेलले बिर्तामोड अव्यवस्थित शहर र अपराधको केन्द्र बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरे । उनले नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा बिर्तामोड अव्यवस्थित शहर भएको र अपराधिक केन्द्र बन्दै गएकोले पार्टी नेतृत्वलाई त्यस तर्फ ध्यान दिन आग्रह गरे । उनले भने– यहाँको समस्या समाधान गर्न बाहिरबाट कोहि आउने छैन, तपाईहरुकै नेतृत्वमा समस्याहरुको समाधान हुनुपर्छ ।

अपराधको केन्द्र बन्दै गएमा यस क्षेत्रले संवृद्धि हासिल गर्न नसक्ने भन्दै अपराध न्यूनिकरणका लागि एमालेले योजनावद्ध काम गर्नुपर्ने उनको सुझाव छ । समाज रुपान्तरणमा अपराधिक गतिविधिले अवरोध गर्ने भन्दै उनले योजनावद्ध ढंगबाट न्यूनिकरणमा काम गर्न आग्रह गरेका छन् ।
एमाले नेतृत्वले अबको बिर्तामोड कस्तो बनाउने भन्ने ध्यान दिनुपर्छ, अपराध कसरी न्यूनिकरण गर्दै त्यस तर्फ ध्यान जरुरी छ, नेता पोखरेलले भने ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]