असार ४, २०८१ सोमबार

सडकमा पुग्यो कांग्रेस

काठमाडौं । सहकारी गठी विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आन्दोलनका कार्यक्रमसहित सकडमा पुगेको छ । आइतबारदेखि सशक्त सडक आन्दोलनमा उत्रिदैं लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको हो ।

राजधानीको भृकुटीमण्डपमा हजारौँको सहभागीतामा कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन भएको छ । १५ निर्वाचन क्षेत्रबाट भेला भएर भृकुटीमण्डपमा वृहत कार्यक्रम गरेको हो ।

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गरेको हो ।

कांग्रेसका अनुसार विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको छ । यति ठूलो रकम अपचलन हुँदासमेत सरकार गम्भीर नभएपछि कांग्रेसले आन्दोलनको बाटो रोजेको हो ।

कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ । सरकार भने कांग्रेसको माग दबाउँदै जतिसक्यो बढी नेपाली सहकारी पीडितलाई अझ बढी पीडामा पार्ने योजनामा लागेको कांग्रेसको बुझाइ छ ।
अधिकांश सहकारीका मालिकहरु एमालेका रहेकाले रविको छानबिन हुनासाथ एमालेका नेता कार्यकर्ता पनि फस्ने भएकाले यो विषयलाई गौण नै राख्न खोजिएको छ ।

छानबिन समिति बनाए पनि व्यक्तिको नाम नतोकी गर्नुपर्नेमा सत्ता गठबन्धनको जोड छ । कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ ।

हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएकोसमेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]