गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चुनेका प्रतिनिधिले गलत गरे फेर्न पाउने व्यवस्था अहिलेको शासन व्यवस्थामा भएको उल्लेख गर्नुभएको छ ।
मंगलबार १७ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको ओलीले उल्लेख गर्नुभएको छ ।
ओलीले गणतन्त्रले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैँले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको बताउनुभएको छ । आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ, कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन, गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ’, उहाँले दिनुभएको शुभकामना सन्देशमा लेखिएको छ ।
जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैँ गलत भएको ओलीले उल्लेख गर्नुभएको छ । ‘हामीले अधिकार पाएका छौँ, सँगसँगै कर्तव्य पनि नभुलौँ’, ओलीले शुभकामना सन्देशमा लेख्नु भएको छ ।