बैशाख २६, २०८२ शुक्रबार

एमाले कचनकवलको अध्यक्षमा कार्की निर्वाचित

कचनकवल । नेकपा एमाले कचनकवलको अध्यक्षमा कुलबहादुर कार्की निर्वाचित भएका छन् । सामबारेदेखि सुरु भएको दोस्रो गाउँ अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका लागि कुलबहादुर कार्की र उपेन्द्र आचार्यको उम्मेदवारी परेको थियो । सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट कार्की निर्वाचित भएको जनाइएको छ ।

त्यस्तै उपाध्यक्ष र सचिवमा पनि दुई –दुई जनाको उम्मेदवारी परेको थियो। उपाध्यक्षमा धनमाया शिवाकोटी (भट्टराई) , हर्कराज गुरुङ र सचिवमा दुर्गाप्रसाद थापा ,खगेन्द्र पाण्डेको उम्मेदवारी भएकोमा भट्टराई र थापा निर्वाचित भएका छन्। त्यसबाहेक अन्य पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]